प्रधानमन्त्रीका प्रेस सल्लहाकार थापाको भाषामा अहंकार, नागरिक भन्छन्– ‘एकलौटी रवैया’



काठमाडौं : केरोनाभाइरस (कोभिड–१९)को त्रासका कारण नेपाल यतिबेला लकडाउनमा छ । लकडाउन स्वतः नागरिकका नयाँ लागरहेको छ । यस बीचमा पनि आरोप प्रत्यारोपणको क्रम जारी छ । एकले अर्कालाई गलत ठहर गर्ने प्रतिशपर्धामा भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाण्डू प्रेस डटकमको एक समाचार हटाइएको भन्ने विषयमा आफूलाई जोडेर नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेकोमा आपत्ति जनाएका छन् ।

सल्लाहकार थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै भएको हुँदा प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरू वा सरोकार नै नभएका व्यक्तिलाई जबरजस्ती र तथ्यहीन ढङ्गले तान्ने र बदनाम गर्ने षड्यन्त्र, उपक्रम र रवैया खेदजनक भएको पनि बताएका छन् ।

No photo description available.

हुन् त थापाको नियुक्ती नै विवादमा थियो । त्यो सोही क्रम जारी छ । उनको अभिव्यक्तिलाई ‘सेल्फ पब्लिसिटी स्टंट’ भन्न थालिएको छ ।

प्रधानमन्त्री स्वयंका सल्लाहकार (विष्णु रिमाल) को नामसमेत मुछिदा प्रधानमन्त्री ओलीबाट यो समाचार तयार पार्दासम्म केही प्रतिक्रिया आएको छैन ।

तर, प्रधानमन्त्रीका पे्रस सल्लाहकारले प्रधानमन्त्रीको सचिवालय वा सरकारलाई दोष लगाउने गरी गर्न खोजिएको प्रोपोगण्डा भनिरहेका छन् ।

यसैबीच उनले जारी गरेको वक्तव्यमा प्रयोग गरेको भाषाको चर्चा हुन थालेको छ । जबरजस्ती, तथ्यहीन ढंगले तान्न, बदनाम गर्ने षड्यन्त्रपूर्ण चालबाजी, उपक्रम र रवैया जस्ता शब्दहरू प्रयोग गरेकोमा प्रधानमन्त्री ओलीका सल्लाहाकार भएर यस्ता शब्द लेख्न पाइन्छ भन्ने प्रश्न समाजिक सञ्जालमा उठ्न थालेको छ ।

त्यसैगरी प्रधानमन्त्रीको सचिवालयलाई षड्यन्त्रकारीहरू जस्तै यस्ता हरकतहरूको पछाडि लाग्ने कुनै फुर्सद नभएको समेत बताएका छन् ।

Image may contain: text

पत्रकार महासंघको विज्ञप्तीलाई उनले अत्यन्त हाँस्यास्पद र गैरजिम्मेवारी पूर्ण अपवाद दिएका छन् । उनले भनेका छन्– ‘यो छाता संस्थाको गुटगत र निहीत स्वार्थमा नांगो दुरूपयोग मात्रै हो ।’
आफूहरूले स्वतन्त्रताको शिक्षा दिने धृष्टता पनि गरिरहनु आवश्यक नभएको भन्दै उनले सबैका खुट्टी र हैसियत देखेरै क्रियाशील रहेको बताएका छन् । यो वाक्यमा प्रयोग भएको भाषा, शैली र ले सरकारलाई अझै कमजोर तुल्याउने पक्का भएको छ ।

जिम्मेवारीसँग हाल शतप्रतिशत नै सरोकार नराख्ने छोराहरूलाई मुछ्ने षड्यन्त्रमा मतियार नबन्न सबैलाई अनुरोध उनले गरेका छन् । र प्रधानमन्त्रीको सल्लाहकार पदमा रुखो र अहंकारयुक्त भाषाशैलीको अपेक्षा गरिएको हुँदैन् ।

थापा एक्लैको व्यक्तिको रबैयाले सिंगो पार्टी र यसमा आस्थावान कार्यकर्ताको अबमूल्यन भएको धरणा अउन थालेको छ ।

राम सुन्दर बस्नेत भन्छन्–‘नेकपाको कोरानाभाइरस भनेकै यिनी हुन् । बिगतमा यिनको बाउबाजेले राजखानदानको जुठो खाएका थिए कि के हो ? सूर्य एक व्यक्तिको रबैयाले सिंगो पार्टी र यसमा आस्थावान कार्यकर्ताको अबमूल्यन भएको छ । धमिराको समयमै पहिचान गरौं र कीटनाशक औषधिको प्रयोग गरौं !! लाल सलाम !!! अभिवादन !!’

त्यस्तै निरब ज्ञवाली लेख्छन्– ‘व्यक्तिगत रूपमा यतिको कडा टिप्पणी पाईन्छ, ओहोदाबाट यस्ता हैकमपूर्ण, अभिव्यक्तिले शब्द उहीँ बोके पनि आत्तिएको भाव र भंगी देखिन्छ । तपाईं जुन पदमा बस्नु भएको छ त्यो आम कार्यकर्ताकै अप्रत्यक्ष सहयोगमा भएको हो । कुल डाउन । यसरी रणाको मच्चाउनभन्दा सम्बन्धित व्यक्तिले अदालतमा मुद्दा गर्दा हुन्छ ।’

थापाले कार्यकाल सकिएर महाधिवेशनको सम्मुखमा उभिएको यस सङ्गठनको लेटरप्याड र संस्थागत हैसियत दुरूपयोग गरी आफ्ना आकाङ्क्षाहरूको तुष्टिकरणमा नलाग्न संलग्न व्यक्तिलाई समयमै सचेत हुन र अविलम्ब माफी माग्न आग्रह गरेका छन् । अब हेरौं महासंघले माफी माग्छ वा थापाले जवाफ फर्कउछन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता सन्तोष कोइरालाले थापालाई टाउको लुकाएर हिडेको देख्न नपरोस भनेर शुभकामना दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलिलले भनेका थिए म घरमा बसिरहेको छु, तपाईहरू पनि घरमा नै बस्नुहोस् । नागरिकहरू घरमा बसेको आज १० दिन भयो । प्रधानमत्री ज्यू–‘आशा छ तपाई घरमा बसेर यी सबै कुराहरू नियालीरहनु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्