अध्यक्ष भट्टराईको व्यंग्य– ‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला!’



काठमाडौं– सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिएकोमा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रश्न उठाएका छन् ।

उनले ट्वीट गर्दै भाइरस मार्ने बन्दुक र गोलीले हैन होला! अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होला? भनेर प्रश्न गरेका हुन् ।

‘के वाणिज्य,आपूर्ति लगायतका निजामति निकाय छैनन्? जी–टू–जी विधिबाट पहिल्यै किन नल्याएको?के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो?चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको?’– उनले लेखेका छन् ।

स्वास्थ्य उपकरण ल्याउने क्रममा अनियमितता भएपछि सरकारले सेना रोजेको हो। चीनबाट पहिलो चरणमा स्वास्थ्य सामग्री खरिद गरेर ल्याएको ओम्नी समूहले औषधि ल्याउन नसकेको भन्दै सरकारले बुधबार सम्झौता रद्द गरेको थियो।

प्रतिक्रिया दिनुहोस्