धनगढी जेसिजद्वारा राहत सामग्री हस्तान्तरण



धनगढी :धनगढी जेसिजले कोरोना संक्रमणको रोकथाम एवं लकडाउनबाट प्रभावित गरीव तथा मजदुरहरुको राहतका लागि करीव ३ लाख रुपैया बराबरको खाद्य सामग्री सहयोग गरेको छ ।

जेसिजले आज धनगढी उपमहानगरपालिकालाई १ सय ५० बोरा चामल, ६ सय १० किलो दाल, ५२ बोरा सोयावीन, २ बोरा चिउरा, २ बोरा भुजा, ३४ कार्टुन तेल प्रदान गरेको हो । धनगढी जेसिजका अध्यक्ष श्याम पाठकसहितको टोलीले सामग्रीहरु धनगढी उपमहानरपालिकाका मेयर नृप बहादुर वडलाई हस्तान्तरण गरे ।

धनगढी जेसिजका अध्यक्ष पाठकले लकडाउनका कारण अप्ठ्यारोमा परेका गरीव र दुई छाक टार्न समस्या भएका मजदूरहरुको राहतका लागि संस्थाका तर्फबाट सहयोग गरिएको बताए । उपमहानरपालिकाका मेयर वडले संकटको घडीमा सहयोग गरेकोमा धनगढी जेसिजलाई धन्यवाद दिए ।

राहत सामग्री खरीदका लागि धनगढी जेसीजका उपाध्यक्ष मनिष कुवँरको संयोजकत्वमा थालिएको आर्थिक सहयोग संकलन अभियानमा हाल अमेरिकामा बसोवास गर्ने धनगढी जेसीजका पूर्व सदस्य रोहित भट्टले १ लाख १७ हजार रुपैया सहयोग गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्