कास्कीका एक व्यक्तिमा कोरोना परीक्षण पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि स्वाब टेकु पठाइयो



काठमाडौं : भारतबाट फर्किएका एक व्यक्तिमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

अहिले उनको स्वाब पुनः परीक्षणका लागि टेकुस्थिट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको गण्डकी प्रदेश सरकारले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको पोखरामा हालै मात्र ल्याब स्थापना भएको थियो । सोही ल्याबमा भारतबाट आएका ती व्यक्तिको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

गण्डकी प्रदेश सरकारका अनुसार पहिलो रिपोर्ट पोजेटिभ आएको छ । परीक्षणका स्वाब टेकु पठाइएको छ ।

चिकित्सकका अनुसार कोरोनाको परीक्षण तीन पटक गरिन्छ । पहिलो पटक परीक्षण गर्दा यी व्यक्तिको रिपोर्ट पोजेटिभ आएको हो । ती व्यक्तिको नमूना संकलन गरेर पुनः परीक्षणको लागि पठाएको चिकित्सकले जानकारी दिए ।

हिजो (बिहीबार) बागलुङकमा छैटौं कोरोना संक्रमित फेला परेको भोलिपल्टै आज (शुक्रबार) भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश सरकारले पुष्टि गरेको हो ।

नेपालमा अहिलेसम्म ७ जनामा कोरोना संक्रमण देखिएको छ । ती सबै विदेशबाट आएका हुन् ।
यसैगरी दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । शुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि सोही विमानमा आएकी बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यसको चार दिनपछि अर्थात हिजो शुक्रबार उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण भेटिएको भोलिपल्ट आज भारतबाट आएका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।

यसैगरी चैत १४ गते कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय युवक कोरोना सङ्क्रमण भेटिएको थियो । उनी चौथो कोरोना संक्रमित व्यक्ति हुन् । दुबईबाट आएर यही चैत ११ उक्त अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्