असायहरुलाई भोकै बस्न नदिने :मन्त्री चौधरी



कैलाली :सुदूरपश्चिम प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी खाद्यान्नका विभिन्न सामाग्री बाकेर सहारा घरमा पुगेकी छिन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपाल लकडाउन भएपछि सहरा विहिनहरुलाई खाद्यान्न संकट हुन नदिन चामल, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री बोकेर बर्दगोरिया गाउँपालिका वडा नं.२ बर्दगोरिया धाम स्थित सहारा घर पुगेकी हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट मन्त्री चौधरीले आश्रय गृहमा बसिरहेका बेसहारा र मानसिक समस्या भोगिरहेकाहरुलाई शुक्रबार राहत स्वरुप खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी हुन् । उनले महामारीबाट बच्न सकारले लगाएको लकडाउनमा दैनिक काम गरि खाने र असायहरुलाई भोकै बस्न नदिने बताएकी हुन् ।

उनले महामारीसँग लड्न सबैले लकडाउनको पुर्णपालना गर्नु पर्ने बताइन् । कृषि क्षेत्रमा लकडाउको कारण आएको समस्यालाई हल गर्न सरकार लागि रहेको जानकारी दिइन् । उनले किसानहरुले गहुँबाली भित्रयाउने र खेती लगाउने सिजन भएकाले सरकारले कृषि यन्त्रलाई असहज हुन नदिने बताईन् ।

यसअघि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीका दृष्टि फाउन्डेसन, मानवसेवा फाउन्डेसन अत्तरियाको, महिला तथा बालबालिका स्याहार केन्द्रलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए । सो सहारा घरमा ७० जना बेसहारा छन् । चामल, दाल, नून, तेल सहितका एक एक सय पोका दिइएको सहरा घरका संचालक बलबहादुर विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्