पाकिस्तानी अदालतद्धारा अमेरिकी पत्रकारको हत्याराको सजायमा कटौती


नयाँ दिल्ली : पाकिस्तानको सिन्ध उच्च अदालतले बिहीबार अमेरिकी पत्रकार डेनियल पर्लको हत्याका मुख्य आरोपी अहमद उमर सईद शेखको सजाय घटाएको छ।

यसअघि शेखलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो तर अब यो सजाय घटाइएको छ र शेखलाई ७ बर्षको कारावासको सजाय दिइएको छ।

बाँकी तीन आरोपीलाई भने मुक्त गरिएको छ। तीनै जनालाई पहिले आजीवन कारावासको सजाय सुनाइएको थियो। यी तीन जनाको नाम फहाद नसीम, सलमान साकीब र आदिल हुन्।

यता, शेखका वकिलले भने कि शेख विगत १८ बर्षदेखि जेलमा छ, त्यसैले ७ बर्षको सजाय पुरा भईसक्यो । यसकारण उनको रिहाइको आदेश केही समयमै आउनसक्छ र उनी पनि केही दिनमै रिहा हुनेछन्।

पर्लको हत्या पछि शेखले पाकिस्तानी सेनाका अधिकारी ब्रिगेडियर एजाज शाहसमक्ष आत्मसमर्पण गरेका थिए । शाह हाल पाकिस्तान सरकारमा गृहमन्त्री छन्। शेख मन्त्री भएपछि यसप्रकारको फैसला आएको हुनसक्ने अनुमान लगाईदैछ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य तिलक देवेश्वरले बताए कि उमर शेख पक्राउ हुनु अघि ब्रिगेडियर एजाज शाहलाई आत्मसमर्पण गरेका थिए। त्यसकारण शाहले हाल आफु गृहमन्त्री भएको बेला उनको रिहाईको वातावरण बनेको छ ।

यसअघि पीपीपी अध्यक्ष बिलावल भुट्टो जरदारीले इमरान खानमाथि डेनियल पर्लको हत्यारालाई गृहमन्त्री बनाएको आरोप लगाएका थिए। शाहलाई गृहमन्त्री बनाउँदा बिलावलले इमरान खानलाई भनेका थिए कि तपाईंले अन्तर्राष्ट्रिय समुदायलाई नराम्रो सन्देश दिदै हुनुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण

वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर

रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ । रुकुम पश्चिमको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित सात घर सिल गरिएको छ । स्थानेश्वर मार्गमा बस्ने ३५

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार