स्पेनमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ९३२ जनाको मृत्यु



काठमाडौं : स्पेनमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ९३२ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट मृत्यु हुनेको संख्या हालसम्म स्पेनमा १० हजार ९३५ पुगेको जनाएको छ

विश्वमा कोरोना संक्रमित ज्यान गुमाउनेमा इटालीपछि स्पेनमा धेरै छन् । स्पेनमा हालसम्म एक लाख १२ हजार ६५ कोरोना संक्रमित पुगेका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्या १० लाख १६ हजारभन्दा बढी छ भने ५३ हजारभन्दा बढीको मृत्यु भएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्