
काठमाडौं : महिला यौनकर्मी हुन्छन् जसले कसैसँग शारीरिक सम्बन्ध गरेबापत निश्चित रकम लिन्छन् भन्ने विषय कसैका लागि नौलो होइन। तर काठमाडौं लगायतका सहरमा त्यस्ता पुरुष यौनकर्मी पनि भेटिन थालेका छन् जसले यौन सेवा दिएबापत महिलासँग मोटो रकम लिने गर्छन् । यसै सन्दर्भमा शुक्रबार साप्ताहिकमा एक जना त्यस्तै पुरुषको अन्तर्वाता छापिएको छ। उनी हुन्, पाँचथर फलैंचाका रविनकुमार चिमोरिया । जो अहिले ठगी मुद्दामा प्रहरी हिरासतमा छन् ।
महिलाहरूसँग कसरी चिनजाच गर्नुहुन्छ?
हिँड्ने, डुल्ने सिलसिलामा भेट हुने हो । म गाना गाउँछु, प्रत्यक्ष लाइभ दोहोरी गाउँछु । त्यही सिलसिलामा चिनजान-भेटघाट हुन्छ।
केटाहरूले मात्र केटी खोज्ने हुन् कि केटीहरूले पनि केटा?
यस्ता धेरै छन् । केटाले पनि खोज्छन्, केटीले पनि खोज्छन् ।
एउटा केटा फेला पर्यो भने एउटै केटीले मात्र प्रयोग गर्छन् कि सहकार्य हुन्छ?
गर्दैनन्, सहकार्य गर्छन् । कहिलेकाहिँ रमाइलोमा बोलाउँछन् । म पनि आफ्नी त्यस्तै केटी साथी छिन् भने लिएर जान्छु ।
पैसा दिने केटीहरू नै छन्?
पैसा दिने केटीहह पनि छन्, तर मसँग सुत्न आइज, तँलाई १० हजार दिन्छु कसैले भन्दैनन्। हामीलाई आवश्यकता पर्दा १ लाख अथावा ५० हजार खर्च दिने वा कहिँ जानुपर्दा टिकट काटिदिनेजस्ता काम गर्छन्। आवश्यक परेको खर्च माग्छौं दिन्छन् ।
कस्ता घरानाका महिला हुन्छन्?
सामान्य वर्गकाले यत्रो रकम खर्च गर्न सक्दैनन् । राम्रो घरानाका लोग्ने विदेश भएका बढी हुन्छन् । श्रीमान्ले छाडेका, डिभोर्स गरेका, श्रीमान् मरेका तथा रमाइलो चाहिने स्वभावकाहरू हुन्छन् ।
कति सक्रिय होलान् यस्तो कर्ममा?
कति छन्–छन्, मजस्ता केटाहरू पनि टन्नै छन्।
काठमाडौंमा यस्तो गिरोह नै छ तपाईंहरूको?
छ अरे । मलाई एउटी दिदीले भन्दै हुनुहुन्थ्यो । ती दिदीको समूहमा चार विवाहित महिला छन्। अविवाहिताले त यस्तो पैसा जुटाउन सक्दैनन्। यसमा ठूलो खर्च हुन्छ ।