कोरोना महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती : गुटेर्रेस



एजेन्सी : कोविड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५४ हजार २ सय ७ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख ३० हजार ३ सय २४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराएका छन् । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनले बताएका छन् । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरेको छ

कोरोनाभाइरस संक्रमणबाट अहिले विश्वको २ सय ४ देशमा फैलिसकेको छ ।

इटालीमा १ लाख १५ हजार २ सय ४२ कुल सङ्क्रमित भएका छन् भने १३ हजार ९ सय १५ को मृत्यु भएको छ । यसैबीच १८ हजार २ सय ७८ निको भएर फर्किएका छन् ।

स्पेनमा १ लाख १७ हजार ७ सय १० कुल सङ्क्रमित भएका छन् भने १० हजार ९ सय ३५ को मृत्यु भएको छ । यसैबीच ३० हजार ५ सय १३ निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा २ लाख ४५ हजार ३ सय ८० कुल सङ्क्रमित भएका छन् भने ६ हजार ९५ को मृत्यु भएको छ । यसैबीच १० हजार ४सय १३ निको भएर फर्किएका छन् ।

फ्रान्समा ५९ हजार १ सय ५ कुल सङ्क्रमित भएका छन् भने ५ हजार ३ सय ८७ को मृत्यु भएको छ । यसैबीच १२ हजार ४ सय २८ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ६ सय २० कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३ सय २२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ५ सय ७१ निको भएर फर्किएका छन् ।

इरानमा ५३ हजार १ सय ८३ कुल सङ्क्रमित भएका छन् भने ३ हजार १ सय ८३ को मृत्यु भएको छ । यसैबीच १७ हजार ९ सय ३५ निको भएर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्