भिरमा अड्किएकी महिलाको सकुशल उद्धार, क्वारेन्टाईनमा पठाइयो



गुल्मी – भिरमा अड्किएकी एक महिलाको सकुशल उद्धार गरिएको छ ।

गुल्मी जिल्ला मुसिकोट नगरपालिका ७ अर्छुङ टाकुरे भिरमा अड्किएकी महिलालाई जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी वामीटक्सार गुल्मीमा जानकारी प्राप्त भएपछि सो प्रहरी चौकीबाट प्रहरी टोली र नेपाली सेनाका वामी सुरक्षा पोष्टबाट समेत टोली खटाइएको थियो ।

उक्त महिलाको स्वास्थ्य उपचार पश्चात नगरपालिकाद्वारा खडा गरिएको क्वारेन्टाईनमा राखिएको छ । स्थायी वतन भारत, झारखण्ड, मधुपूर घर बताउने सो महिला २ दिन पहिला देखि सोही भीरमा अडकिएको प्ररम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्