यी देशहरुमा अहिलेसम्म देखिएन कोरोना भाइरस, यस्तो छ कारण



एजेन्सी : संसारका लगभग २०४ वटा देशमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । भने ५१ हजार मानिसको ज्यान समेत गइसकेको छ । विश्वभरी १० लाख मानिसहरुमा संक्रमण देखिइसकेको छ । तर, यस्ता केही देशहरु छन्, जहाँ अहिलेसम्म कोही व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण देखिएको छैन ।

संसारका केही ४० देशहरु छन् । जहाँ १ अप्रिलसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमणको आशंका गरिएको छैन । तुर्केमिनिस्तानमा अहिलेसम्म एक जनामा पनि कोरोना भेटिएको छैन । जहाँ कोरोना शब्द उच्चारण गर्न निषेध गरिएको छ । त्यहाँ कोरोना नदेखिनुमा विशेषज्ञहरुले जनसंख्या कम हुनुलाई आधार मानेका छन् । जहाँ हवाई उडान समेत बन्द गरिएको छ ।

यसलगायत अन्य मुलुकमा कोरोना भाइरस नदेखिनुको कारण तानाशाही व्यवस्था, युद्ध आदिलाई मानिएको छ । यमन पनि यसको गतिलो उदाहरण हो । जहाँ कोरोना परीक्षणको सुविधा नै छैन । यसैगरी, अफ्रिकाको चन्दमा पनि अहिलेसम्म कोरोना देखिएको छैन । त्यस्तै, अन्टार्टिका महादेशमा पनि देखिएको छैन । त्यहाँ भाइरस नभेटिनुको कारण जनसंख्या कम हुनु हो ।

प्रतिक्रिया दिनुहोस्