एजेन्सी : पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६ दबमलब २ म्याग्निच्युडको अर्को शक्तिशाली परकम्प पनि गएको बताइएको छ। पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख गरिएको छ।
भूकम्पका कारण के कति मात्रामा मानवीय क्षति भयाे साेकाे विवरण भने अाइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको हाे।
पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्विपनजिकैे ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ। प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भए पनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ।