कांग्रेस उपसभापति निधिद्वारा गंगुलीस्थित क्वारेन्टाइनमा ५ थान पीपीई हस्तान्तरण



जनकपुरधाम :नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नगराइन नगरपालिकास्थित क्षेत्रिय क्वारेन्टाइनमा स्वास्थ्यकर्मीका लागि ५ थान पीपीई उपलब्ध गराएका छन् ।

लकडाउनको ११ औं दिन बितिसक्दा पनि धनुषाको नगराइन नगरपालिका वडा नं.५ गंगुलीस्थित क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीहरुलाई पीपीईको अभाव खड्किरहेको बेला उनले सो पीपीई उपलब्ध गराएका हुन् ।

गंगुलीस्थित क्वारेन्टाइनमा डेढ दर्जन भन्दा बढि कोरोनाका शंकास्पद व्यक्तिहरुलाई राखिए पनि त्यहाँका स्वास्थकर्मीलाई अहिलेसम्म एक थान पीपीईसमेत सरकारले उपलब्ध गराएको छैन ।

उपसभापति निधिले नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्ण र उपाध्यक्ष राकेश बिक्रम साह मार्फत सो क्वारेन्टाइनका संयोजक जुगेश्वर मण्डललाई पीपीई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्