किन गरिन्छ शनिबार शनिदेवको पूजा ?



एजेन्सी : हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन बार अनुसार कुन भगवानलाई पुजिन्छ । त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् ।

त्यस्तै आज (शनिबार) शनिदेवको देष्टि नपरोस् भनेर शनिदेवको पूजा गर्ने चलन रहेको छ । यो दिन व्रतालुहरुले कालो वस्त्र लगाउनुपर्छ । रात्री भोजमा नुन खानुहुँदैन् ।

साथै शनिबारको व्रत शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्