४ बजे मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं : सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न आज (शनिबार) ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतको भनाई छ ।

त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि छलफल हुने र अन्य नियमित एजेण्डामाथि छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्