प्रधानमन्त्रीद्वारा ऐक्यबद्धता प्रकट



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट ऐक्यबद्धता जनाएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्