बलात्कार गरी नगद लुट्ने युवा प्रक्राउ



रुकुम पश्चिम : महिलालाई करणी गरी २० हजार रकम लुटकाे अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका–५, हुकाम रुकुमपूर्वका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

 

बाँफिकोट गाउँपालिका घर भएकी मुसीकोट नगरपालिकामा बस्ने एक महिलालाई बलात्कार गरी रकम चोरेको अभियोगमा घर्ती पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । 

 

घर्तीको साथबाट पीडित महिलाको मोबाइल सेट र नगद १६ हजारसमेत बरामद गरिएको डीएसपी खड्काले बताए । पीडित महिलाले आफूमाथि जबरजस्ती करणी गरेको तथा २० हजार नगद चोरेर लगेको उजुरी दिएकी थिइन् । घर्तीविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्