जुन महिनाको अन्तर्राष्ट्रिय फुटबल स्थगित हुने



एजेन्सी : कोरोना भाईरसका कारण अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित हुने भएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बनाएको कोभिड १९ समितिले आगामी जुन महिनामा तय भएको सम्पूर्ण खेल स्थगित गर्न सुझाब दिएको छ ।

आगामी जुनमा विभिन्न देशको मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ । जसमा स्पेनले पोर्चुगल, जर्मनीले स्विजरल्याण्ड र इंग्ल्यान्डले रोमानियासँग खेल्ने तालिका रहेको छ ।

तर, फिफाले अब यस मैत्रीपूर्ण खेललाई स्थगित गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्