लाइसेन्स खारेज गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय सच्याउन चिकित्सक संघको माग



काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको छ।

स्वास्थ्य सेवाको संवेदनशिलतालाई बुझी हालको कोरोना तथा अन्य उपचार सेवामा बाधा पुर्‍याउने विवादास्पद निर्णय अविलम्ब सच्याउन संघले माग गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोरोना तथा अन्य रुपमा सेवा बाधा पुर्‍याउने डाक्टर, नर्स, फर्मासिस्ट तथा स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्