आइतबार लकडाउनबारे छलफल गर्न आकश्मिक बैठक बस्ने



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आकश्मिक मन्त्रीपरिषद बैठक बोलाएका छन् ।

बैठक दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको छ । लकडाउनको समय बढाउने-नबढाउने विषयमा छलफल हुनेछ । यस्तै सेनालाई मेडिकल सामग्री खरिदका सम्बन्धमा पनि छलफल हुन सक्ने एक मन्त्रीले बताएका छन् ।

मन्त्रीपरिषद बैठकअघि केन्द्रीय कोभिड-१९ रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठक बस्ने छ । सिंहदरबारमा बस्ने बैठकमा लकडाउन केही दिन थप्नेबारे छलफल हुने र समितिले त्यसको सिफारिस मन्त्रीपरिषदमा गर्ने सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्