अनु र बिम्बको ‘आकांक्षा’ सार्वजनिक



काठमाडौं : अनु र बिम्बको ‘आकांक्षा ’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अपेक्षा गुरुङ्गको शब्द, अनुकै संगीत र प्रदीप जोशीको एरेन्ज रहेको छ । एलिशा न्यौपानेको अभिनय रहेको गीतको म्युजिक भिडियोमा ब्याण्डका सबै सदस्यहरुको प्रस्तुति देख्न सकिन्छ ।

शन्तु लामाको निर्देशनमा बनेको भिडियोलाई रुमन लामाले सम्पादन गरेका छन् । अनु शाक्य भोइस अफ नेपाल सिजन १ कि टप १६ ट्यालेन्ट मध्य एक हुन् । उनले २०१७ मा ‘आकांक्षा ’ब्यान्ड स्थापना गरि सोहि ब्याण्ड मार्फत गीतहरु सार्वजनिक गर्ने गरेकी छन् ।

उनी ब्याण्डको लिड भोकलिष्ट हुन् भने उनीसँगै लिड गिटारिष्टमा दिनेश नकर्मी, रिदम गिटारिष्टमा दिविन शाक्य, ड्रमरमा अशमी महर्जन र ब्यसिष्टमा प्रविन महर्जन रहेका छन् । यो भन्दा अगाडि अनु र बिम्बको ‘सपना ’नामक गीत सार्वजनिक भई सकेको छ जसले राम्रो प्रतिकृया पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्