मुक्तिनाथ विकास बैंकद्वारा राहत वितरण



जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै नेपाल सरकारले विगत केही सातादेखि पूरै देश लकडाउन गरेको छ ।

सरकारले लकडाउन गरेसँगै विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरु बढि मारमा परेका छन् । लकडाउनबाट मारमा परेका विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंक जनकपुरधाम शाखाका कर्मचारीहरुले राहत वितरण गरेका छन् ।

१ सय ५० जना विपन्नहरुलाई राहत वितरण गरिएको मुक्तिनाथ विकास बैंकका क्षेत्रिय प्रबन्धक प्रभाष झाले जानकारी दिएका छन् । जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा ती विपन्नहरुलाई दाल, चामल, आलु, प्याज, तेल, सोयाबडी, साबुल लगायतका राहत सामग्रीहरु वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्