विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाध्यो, स्पेनमा एकै दिन ८०९ जनाको मृत्यु



काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७४४ पुगेको छ ।

स्पेनमा एक लाख २४ हजार ७३६ जना संक्रमित भएका छन् । इटालीमा एक लाख १९ हजार ८२७ संक्रमित पुष्टि भएको छ ।

त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार १४६ पुगेको छ भने संक्रमितको संख्या ११ लाख ३० हजार ५७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्