भारतको दिल्लीबाट आएका ९ जना सप्तरीको मौल्वी बारामा पक्राउ



वीरगन्ज : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेको नाका बन्द र लकडाउनको अवहेना गरी बाराको सिमा नाका प्रयोग गरी नेपाल प्रवेश गरेका मुस्लिम समुदायका ९ जना मौल्वीलाई प्रहरीले पक्राउ गरेका छ ।

बाराको प्रसौनी गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक ओमप्रकाश यादवले नेपाल भारतको खुल्ला सिमाको मौका छोपि अवैध रुपमा फेटा गाउँपालिकाको जोधपुर गम्हरीयाबाट लुकिछिपी भारतबाट नेपाल प्रवेश गरेको सप्तरीका ९ जना मौल्वीहरुलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु भारतको दिल्लीको मरगज निजामुदिन दरगाहमा आयोजित तबलीगी जमातका जमाती रहेको उनले बताए । पक्राउ परेकाहरु खुल्ला सिमानाको मौका उठाउँदै भारतबाट नेपाल प्रवेश गरेका थिए उनले भने, फेटा गाउँपालिकाको वडा नं. ५ जोतपुर गम्रियामा लुकिछिपी बसेको अवस्थामा स्थानियले दिएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेका हुन् ।

पक्राउ परेको सवै जना सप्तरी जिल्ला निवासी हुन् । सप्तरी महादेवा गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी ५५ वर्षिय महम्मद जिवरेल, २९ वर्षिय रोजिद शेष, सोही जिल्लाको कञ्जनपुर नगरपालिका वडा नं.९ बस्ने ६४ वर्षको सफिद मियाँ रहेका छन ।

त्यसै गरी कञ्चनपुरकै ५२ वर्षको तजबुल मियाँ, ६४ वर्षिय मोहम्मद सफिज रहमान, ४८ वर्षका मोहम्मद वकिल मियाँ, १८ वर्षको मोहम्मद खुर्सेद, ४८ वर्षिय मोहम्मद जाकिर तथा ६३ वर्षिय मोहम्मद इसराइज मियाँ रहेको प्रहरी निरीक्षक यादवले बताए ।

उनीहरुसँग आवश्यक सोधपुछ पश्चात एम्बुलेन्समा हालेर कलैया अस्पतालमा स्थापना गरिएको क्वारेन्टाईनमा पठाएको उनले बताए । बारा जिल्लामा जारी निषेधज्ञा र लकडाउनको पालना गराउँन सिमा नाकामासमेत कडाई गरिएको उनले बताए ।

अहिले कोरोना महामारीको रुप लिई सकेको छ, छिमेकी राष्ट्रमासमेत कोरोनाको भयावह स्थिती भएको हुनाले यसको संक्रमण नेपालमा फैलन नदिनको लागि नै सरकारले मुलुकभर लकडाउन गरेको उनले भने,‘भारतबाट आउँनेमाथि हामीले पनि विशेष निगरानी बढाएर कडाई गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्