कुवेतमा कोरोना संक्रमणबाट पहिलो मृत्यु



कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ ।

त्यहाँको सरकारी समाचार संस्था कुवेत न्युज एजेन्सीले वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्ला अल सनदलाई उद्धृत गर्दै कुवेतमा कोरोना संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।

हजारौं नेपाल युवा आश्रयस्थ कुवेतमा हालसम्म ४ सय ७९ जना संक्रमित भएका छन् भने ९३ जना निको भइसकेको छन् ।

कुवेतमा विगत २४ घण्टामा ६२ जना थप व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

यसैबीच, थप ११ जना व्यक्तिमा कोभिड–१९ निको भएको त्यहाँका स्वास्थ्यमन्त्री बसेल अल सबाले बताएको एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्