ढिलासुस्ती र अकर्मण्यतालाई आहुति दिन कांग्रेसको सरकारलाई आग्रह



काठमाडौं : नेपाली कांग्रेसले सरकारलाई ढिलासुस्ती र अकर्मण्यतालाई आजैबाट आहुति दिन आग्रह गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भइरसका संक्रमितको संख्या बढ्दै गएपछि सरकारलाई ढिलासुस्ती र अकर्मण्यतालाई आजैबाट आहुति दिन आग्रह गरेका हुन् ।

कांग्रेसले संक्रमण थप फैलिन नदिन मुलुक बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा बस्नका लागि कडाईका साथ सूचना जारी गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्