खुकुरी प्रहारबाट घाइते एकको मृत्यु, राई पक्राउ



पाँचथर : खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मिक्लाजुङ गाउँपालिका ७ लेकगाउँका २६ वर्षिय रामचन्द्र राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । उनले गत शनिबार छिमेकी ५१ वर्षिय गंगा देवी राईलगायत ४ जनालाई खुकुरी प्रहार गरेका थिए ।

ईलाका प्रहरी कार्यालय खान्द्रुङ र ईलाका प्रहरी कार्यालय रबिबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी गंगा देवी राईको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियमे । अन्य घाइतेहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्