तीन घण्टादेखि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठक अझै जारी छ।

शनिबार दिउँसो ४ः३५ बजे प्रधानमन्त्री निवास बालुवाटार शुरु भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लकडाउन र समग्र देशको अवस्थाको बारेमा छलफलका लागि दिउँसो बोलाइएको बैठक लम्बिएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १३ दिनदेखि जारी बन्दाबन्दीको समग्र राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभावका आयामहरूको गम्भीर मूल्याङ्कन भइरहेको छ।

सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन थप गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्