देशकै बढी कोरोना संक्रमित रहेको कैलाली जिल्लामा थप कडाइ गरिने



काठमाडौं : सबैभन्दा बढी कोरोना भाइरस संक्रमित बिरामी रहेको धनगढीसहित कैलाली जिल्लामा थप कडाइ गरिने भएको छ । धनगढी उपमहानगरपालिकाले शनिवार एक अपिल जारी गर्दै चैत २३ गतेदेखि पूूर्णरुपमा बन्द गर्ने जनाएको छ ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा हाल ४ जना कोरोना भाइरस संक्रमणका बिरामी उपचाररत छन् । देशभर ९ जना संक्रमित भेटिएकोमा १ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्