रौतहटमा गाई फर्ममा आगलागी हुँदा लाखौंको क्षति



रौतहट– रौतहटको चन्द्रपुर नगरपालिकाको एक गाई फर्ममा आगलागीहुँदा लाखौंको क्षति भएको छ। चन्द्रपुर नगरपालिकाण्२ जुडिबेलामा रहेको काशी गाई फर्ममा शनिबार बिहान बिधुत सर्ट भएर गाई फर्ममा आगलागी भएको फर्मका संचालक नबराज उप्रेतीले बताएका छन।

आगलागीबाट एउटा घर पूरै जलेको र घरभित्र रहेको खाद्यन्न समानहरु जलेको उनले बताए। आगलागीबाट करिब ९ लाख बराबरको क्षति भएको उनको भनाइ छ।

फर्ममा रहेका चारवटै गाईलाई भने जोगाउन सफल भएको संचालक उप्रेतीले जानकारी दिए। चन्द्रपुर नगरपालिकाको दमकल, प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ।

प्रतिक्रिया दिनुहोस्