लेखा समितिद्वारा चिनीकाे काेटा खुला गर्न अर्थ मन्त्रालयलार्इ निर्देशन



काठमाडौं :   सार्वजिनक लेखा समितिद्वारा गठित छानबिन समितिले चिनीकाे काेटा खुला गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिन सिफारिस गरेको छ। उसले मूल्य अनियमितता छानबिन गर्ने जिम्मा अख्तियारलाई  दिन पनि सिफारिस गरेको छ।

 

लेखराज भट्टकाे संयाेजकत्वमा एक साताअघि छानबिन समिति गठन भएकाे थियो । समितिले आज प्रतिवेदन बुझाएको हो।

 

स्वदेशी उद्योग प्रबर्द्धनका नाममा सरकारले भदाै ३१ मा चिनी आयातमा कोटा लगाएको थियो। चाडबाडका मुखमा वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था गरेपछि नेपाली बजारमा चिनीको भाउ बढेको थियो। जसले गर्दा सरकारको निर्णयको आलोचना भइरहेको थियो।

 

चिनी आयातमा कोटा तोक्ने सरकारी निर्णयमाथि आशंका व्यक्त गर्दै सांसदहरूले छानबिनको माग गर्ने गरेका थिए। उनीहरुले पर्याप्त तयारी र वस्तुस्थिति नबुझी चिनीमा कोटा तोकिएको आरोप लगाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्