यातायात मन्त्री भन्छन् : विकास निर्माणलाई निरन्तरता दिइन्छ



काठमाडाैं : भाैतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना भाइरस सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षा व्यवस्था अपनाएर विकास निर्माणको कामलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

‘रोड मार्किङ’को शनिवार अनुगमन गर्दै मन्त्री नेम्वाङले स्वास्थ्य सुरक्षा अपनाउँदै ‘रोड मार्किङ’को कामलाई निरन्तरता दिनुपर्ने बताए ।

सामान्य समयमा बाक्लो आवागमनका कारण ट्राफिक चिह्न निर्माण तथा सडक रङरोगन गर्न कठिनाइ हुनेगर्दछ ।

मन्त्री नेम्वाङले मजदुरको सुरक्षा तथा सामाजिक दूरी कायम गर्दै सडक सुरक्षा चिह्न निर्माणलाई तीव्रता दिनुहोस्, यस कामका लागि सहयोग गर्न मन्त्रालय तयार छ भने । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्