कोरोनाको खोपमा सफलता प्राप्त गरेको चीनको दाबी



एजेन्सी : चीनले कोरोनाभाइरस (कोभिड–१९) को खोपमा सफलता प्राप्त गरेको दाबी गरेको छ ।

डेलीमेलका अनुसार कोरोनाभाइरसको खोप चिनियाँ स्वयमसेवहरुमा पहिलो प्रयोग गरिएको र उनीहरु स्वस्थ्य भएको चीनको दाबी छ । योसँगै कोरोनाको खोपमा सफलता मिलेको चीनले बताएको छ ।

खोप लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ ।

उहानमा गरिएको उक्त पहिलो परीक्षणमा १४ जना स्वयमसेवक सहाभागी थिए । उनीहरु क्वारेन्टाइनको फिर्ता भएका छन् । यद्यपि उनीहरुलाई अरु ६ महिना निगरानीमा राखिने बताइएको छ ।

सो अवधिभर उनीहरुको रगतको नमूना लिएर एन्टीबडिजई सुष्म अनुसन्धान गरिनेछ ।

शुक्रबारसम्म १ सय ८ जना स्वयमसेवकहरुमध्ये १ जनाको सबै स्वास्थ्य परीक्षण ठीक रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्