ओभर लोडका कारण तरकारी बोकेको गाडी पल्टियो



काठमाडौं : देशको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजार यतिखेर बन्द छ । दैनिक सात घण्टा खुल्ने कालिमाटीमा बिहान र बेलुका केही समयमा भिड धेरै हुनु गरेको छ ।

त्यसोत आज (आइतबार) कालिमाटीबाट अन्यन्त्र लैजान लागेको तरकारीको गाडी ओभर लोडका कारण दुर्घटना भएको छ ।

आज बिहान ५ः३० बजे बा२१च३८१४ नम्बरको गाडी ओभर लोडका कारण दुर्घटना भएको हो ।

कोरोनाभाइरस (कोभिड–१९) को माहामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि कालिमाटी तरकारी बजार बन्द भएको थियो ।

यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालिमाटी तरकारी बजार दैनिक सात घण्टा खोल्न आग्रह गरेको थियो । सोही आग्रह अनुसार कालिमाटी दैनिक बिहान ५ बजेदेखि ७ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खोल्ने गरिएको छ ।

फोटो : बिनोद थापा

प्रतिक्रिया दिनुहोस्