कोरोनाभाइरस : मृत्यु हुनेको संख्या ६४ हजार ७ सय २९, ४२ हजारभन्दा बढीको अवस्था गम्भीर



एजेन्सी– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ६४ हजार ७ सय २९ पुगेको छ । त्यसैगरी संक्रमितको संख्या १२ लाख २ हजार २ सय ४२ रहेको छ । यस्तै निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ३८ रहेको छ ।

विश्वका २०६ देश र भूभगमा फैलिएको संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाको मृत्यु भएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमित मध्य ४२ हजार २ सय ९० जनाको अवस्था गम्भीर रहेको छ । २४ घण्टाको अवधिमा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ । २४ घण्टामा थप ३४ हजार १९६ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ११ हजार ३५७ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या ८ हजार ४५२ छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार ४८ जनाको मृत्यु भएको छ ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ६८१ जनाको मृत्यु भएको हो ।
त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । ११ हजार ९ सय बढीको मृत्यु भएको छ ।

जर्मनमा ९६ हजार ९२ जना संक्रमित भएका छन् भने १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ । चीनमा संक्रमितको संख्या ८१ हजार ६ सय ६९ पुगेको छ भने ३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्