राहत वितरणमा अनियमितता भएको भन्दै दुई पक्षबीच झडप, एक प्रहरीसहित दर्जन घाइते



इटहरी : सुनसरीको दुहबीमा दुई समूहबीच झडप हुँदा एक प्रहरीसहित झण्डै एक दर्जन घानते भएका छन् ।

आज आइतबारबाट वडाले शुरु गरेको राहत वितरणमा अनियमितता गरेको भन्दै दुई पक्षबीच भएको झडप हो ।

राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै एक स्थानीय युवाले फेसबुकमा लेखेपछि सोही विषयमा छलफल गर्न भेला भएको बेलामा दुई पक्षबीच झडप भएको हो ।
घाइते हुनेमा प्रहरी जवान अनिल यादव घाइते छन् ।

इलाका प्रहरी कार्यलय दुहबीका इन्पेक्टर प्रबिण कार्कीकाअनुसार घाइतेको अवस्था सामान्य छ भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

ई पक्षबीच यसअघि पनि पटकपटक झगडा हुने आएको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्