अमेरिका फर्के अभिनेता सरोज खनाल



काठमाडौं : अमेरिकाले विमान चार्टर्ड गरेर आफ्ना नागरिकलाई नेपालबाट लगिरहेको छ । नेपालमा रहेका करिब एक हजार नागरिकलाई अमेरिकाले आफ्नो देश लगिसकेको छ । त्यस्तै अभिनेता सरोज खनाल पनि अमेरिका फर्कनेमा पर्छन् । उनी आज (आइतबार) अमेरिका फर्केका छन् ।

खनालले ग्रिनकार्ड पाइसकेकाले उनी अब अमेरिकी नागरिक हुन् । सरोज खनालका सबै परिवार अहिले अमेरिकामै छन् । दुई छोरामध्ये एक छोरा अमेरिकी सेनामा कार्यरत छन् । अर्को छोराले व्यापार व्यवसाय गर्दै आएका छन् । आफ्नो परिवार अमेरिकामा रहेकाले सरोज पनि अमेरिका फर्केका हुन् ।

प्रतिक्रिया दिनुहोस्