७७ वर्ष लागे अमिताभ बच्चन



नयाँदिल्ली : बलिउडका महानायक अमिताभ बच्चन अाज अर्थात् अक्टुबर ११ देखि ७७ वर्षमा प्रवेश गरेका छन् । 

 

उनको जन्म सन् १९४२ मा अाजकै दिन भारतको इलाहवादमा भएको थियो । बलिउडमा अमिताभलाई एङग्री योङ्गम्यान, शेहनशाह, बिगबिलगायत कयौं नामले चिनिन्छ । ७६ औं वर्षको उमेरमा पनि अमिताभ बच्चन निकै जोश र हौसलाका साथ बलिउड तथा टेलिभिजनमा काम गरिरहेका छन् । अमिताभ एक यस्ता कलाकार  हुन जसको चार्म यस उमेरमा पनि कायमै छ । 

 

अमिताभको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ हो । त्यसको केही समयपछि उनले फिल्म ‘आनन्द’मा अभिनेता राजेश खन्नाका साथ काम गरे । यही फिल्मबाट अमिताभले बलिउडमा आफ्नो पहिचान बनाए । यसै फिल्मबाट उनले बेस्ट सपोर्टिङ एक्टरको अवार्ड पाएका थिए । यसपछि उनले फिल्म ‘बम्बे टू गोवा’ मा काम गरे तर यो फिल्म सफल भएकाे थिएन ।

 

अमिताभलाई भने यसै फिल्मको एक फाइट सिन हेरेर निर्देशक प्रकाश मेहराले उनको फिल्म ‘जंजिर’ मा मुख्य अभिनेताको रुपमा लिए । जुन फिल्म बक्स अफिसमा सुपरहिट भएकाे थियाे ।

 

 

प्रतिक्रिया दिनुहोस्