कोरोनाभाइरस : अब उपत्यकाबाहिर यी ७ स्थानबाट स्वाबको नमूना परीक्षण सुरु



काठमाडौं : उपत्यकाबाहिर ७ स्थानबाट कोरोना भाइरस संक्रमणका लागि स्वाबको नमूना परीक्षण सुरु भएको छ ।

आइतबारको नियमित पत्रकार सम्मलेनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिर सात ओटा स्थानमा कोरोना भाइरसको संक्रमण तथा न्यूनिकरणका लागि स्वाबको नमूना परिक्षण सुरु भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘पोखरा, जनकपुर,सुर्खेत,पोखरा,हेटौंडा र धनगढीमा नमूना परिक्षण चितवनमा नमूना लिएर परिक्षण शुरु भएको छ ।’

प्रवक्ता डा. देवकोटाले बुटवलमा आइतबार सुरु नभएको र सोमबारबाट सुरु हुने जानकारी दिएका छन् । उनले सोमवारबाट आइतवार काठमाडौंमा १२ ओटा र उपत्यका बाहिर १०१ सहित ११३ जना आईसोलेशनमा रहेको जानकारी दिए ।

खरिपाटीमा केहि दिन अघि चीनबाट ल्याइएका ९४ जना सवैको नमूना परिक्षण नेगेटिभ आएको, कैलाली तथा कञ्चनपुरमा शनिवार फेला परेका संक्रमितको कारण ती जिल्लामा क्वारेन्टाइनमा रहेका सवैको र्यापिड टेष्ट गर्ने र बागलुङ जिल्लामा पनि र्यापिड टेष्ट गर्न पीसीआर मेशिनको माध्यमबाट गर्ने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्