यो औषधिले ४८ घण्टामै कोरोनाभाइरस मार्ने अष्ट्रेलियाका वैज्ञानिकको दाबी



एजेन्सी : अष्ट्रेलियाका वैज्ञानिकहरुले कपालको जुम्रा मार्ने औषधिले ४८ घण्टाभित्रै कोरोनाभाइरस मार्ने दाबी गरेका छन् ।

कोरोनाभाइरसका कारण विश्व नै आक्रान्त भइरहेको छ । विश्वभरी ११ लाखभन्दा बढी यो भाइरसबाट संक्रमित भइसकेका छन् ।

यस्तो भयावह स्थितीमा यो भाइरस मार्ने कुनै औषधि विश्वमा कुनै ठाउँमा पनि पाउन सकिएको छैन । संसारभरीका वैज्ञानिक यो भाइरससँग लड्ने औषधि र भ्याक्सिनको खोजीमा लागि परेका छन् ।

यसैबीच, कोरोनाभाइरस ४८ घण्टामै मार्ने औषधि पत्ता लगाउन अष्ट्रेलियाका वैज्ञानिकहरु लागि परेका हुन् ।

ती वैज्ञानिकहरुले जुम्रा मार्न प्रयोग गरिने आइभरमेक्टिनले भाइरसलाई ४८ घण्टामा नै मार्ने दाबी गरेका छन् । उनीहरुले यो औषधिको बारेमा खोज सुरु गरिसकेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

अहिलेसम्म यो भाइरसबाट विश्वभरी १२,०२,५४६ जना संक्रमित भइसकेका छन् । भने ६४, ७३२ जनाको मृत्यु भइसकेको छ । यसैगरी, २,४६,६३८ जना निको भइसकेका छन् । यतिबेला अमेरिकाको स्थिती निकै भयावह भएको छ । जहाँ ३,११,६३५ जना संक्रमित भएका छन् भने अष्ट्रेलियामा ५,६३५ जनामा पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्