मौन नेकपा : ओली र दाहालले नै चाहदैनन् बैठक



काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता भएको भन्दै आलोचना भइहेको बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धारण अझै आउन सकेको छैन ।

सरकारको नेतृत्व गरिरहेको नेकपाले यस बिषयमा आधिकारी धारणा सार्वजनिक गर्नुपर्ने भए पनि पार्टीको बैठक बस्न नसकेकाले नेताहरु समाजिक सञ्जाल मार्फत आफ्नो व्यक्तिगत रुपमा टिकाटिप्पणी गरिरहेका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको इच्छा शक्ति नै नभएकाले बैठक नबोलाईएको नेताहरु बताउँछन् ।

नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालय बैठक बसेर यस बिषयमा आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताए । अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता भएको हो की होईन त्यस बिषयमा अनुसन्धान हुनुपर्ने र दोषी जोकोही देखिए कानूनी दायरामा ल्याउनुपर्ने उनले बताए ।

‘हामीले सचिवालय बैठक बस्नुपर्ने भनिरहेका छौं, छिटै नै बैठक बस्छ होला’ वरिष्ठ नेता खनालले भने, ‘ अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता भएको हो की होईन त्यसको छानविन गरी दोषी देखिए जोकोहीलाई पनि कारवाही गर्नुपर्छ ।’

अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता भएको भन्दै सरकारको तिब्र आलोचना गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सहित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, समाजवादी पार्टीले अनुसन्धान गरी दोषीलाई कारवाहीको माग गरिरहेका छन् ।

यसैगरी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र अगामी रणनीति कस्तो हुनु भन्ने बिषयमा समेत नेकपा भित्र छलफल हुन सकिरहेको छैन् । नेकपा स्थायी कमिटीका सदस्य भिम रावलले बैठक नै नबस्ने भएपछि अगामी रणनीति वा अन्य बिषयमा छलफल हुन गाहरो हुने बताए ।

कोरोना भाइरसको संक्रमणका कारण अहिले पुरै बिश्व संक्रमणको अवस्थाबाट गुज्रीरहेको बताउँदै उनले सरकारको नेतृत्व गरेको नेकपामा यस बिषयमा छलफल हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए ।

‘सरकारको नेतृत्व नेकपाले गरिरहेको कारण महत्वपुर्ण बिषयमा छलफल गरी आधिकारीक धारण ल्याउँनुपथ्र्यो, तर दुर्भाग्य बैठक नै नभएपछि छलफल के हुन्छ ?’ स्थायी कमिटीका सदस्य रावलले भने, ‘बाहिर जुन रुपमा टिकाटिप्पणी भईरहेको छ त्यसको बिषयमा पार्टीमा छलफल हुन आवश्यक छ ।’

बिभिन्न बिषयमा बिभन्न खालका कुरा अहिले बाहिर आईरहेको बताउँदै उनले पार्टीले त्यस बिषयमा आधिकारीक धारण व्यक्त गर्नुपर्ने उनले बताए । स्थायी कमिटीको बैठक बस्न नसकेपनि कम्तिमा पनि सचिवालय बैठकमा छलफल गरी यर्थात कुरा बाहिर ल्याउँनुपर्ने सुझाव उनले दिए ।

नेकपाको मौनताले सर्वसधारण जनतामा समेत नराम्रो प्रभाव पर्ने भएकाले अहिलेको महत्वपुर्ण बिषयमा छलफल हुनुपर्ने स्थायी कमिटीका अर्का सदस्य गणेश साहले बताए । कुनै पनि बिषयमा छलफल गरेरै समाधान निकाल्न सकिने बताउँदै उनले पार्टी बैठकमा छलफलको बिषय बनाउँनुपर्ने उनले बताए ।

‘कुन पनि बिषयमा छलफल गरेरै निकास निकाल्न सकिन्छ, अहिलेको महत्वपुर्ण बिषयमा नेकपा भित्र छलफल हुनुपर्छ’ स्थायी कमिटीका सदस्य साहले भने, ‘छलफल गरेर अगाडी बढेनौ भने त्यसको प्रभाव जनतामा नराम्रोसंग पर्छ, त्यसले पार्टीलाई नै क्षति हुन्छ ।’

मुख्यरुपमा अहिले कम्तिमा सचिवालय बैठक बसेकार बाहिर आएका बिभिन्न बिषयमा छलफल हुनुपर्ने बताउँदै उनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका बिषयमा समेत पार्टीले सरकारलाई आवश्यक सुझाव दिनुपर्ने बताए ।

सरकारको नेतृत्व गरिरहेको नेकपा भित्रै यस्ता बिषयको बारेमा छलफल हुदैन भने अगामी दिनका कामहरु प्रभावकारी एवं पारदर्शि हुन नसक्ने साहले बताए । सरकारको काम प्रभावकारी एवं पारदर्शि बनाउँनका लागि समेत यस्ता बिषयमा छलफल हुन जरुरी रहेको उनले बताए ।

पार्टीभित्र छलफल गर्दै सर्वदलिय बैठक समेत बसेर अहिलेको महामारीलाई कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा छलफल गर्न आवश्यक रहेको उनले बताए । कोरोना भाइरसको सन्त्रास एवं संकटपुर्ण समयका साथै लकडाउनको अहिलेको अवस्थामा सर्वदलिय छलफलको आवश्यत्ता रहेको नेकपा नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्