कोरोना : अमेरिकामा एकैदिन १ हजार १५४ बढीको मृत्यु



एजेन्सी : चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १५४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ६०५ पुगेको छ ।

अमेरिकामा एकैदिन २४ हजार ९७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्