कैलालीका कोरोना संक्रमितसँगै आएका रुकुमका युवा सम्पर्कविहीन



कैलाली : कैलालीका कोरोना संक्रमितसँगै आएका रुकुममा युवा सम्पर्कविहीन भएका छन् ।

भारतको केरालाबाट कैलालीको गौरीफन्टा नाका हुँदै गत १२ चैतमा मुसिकोट १ का २५ वर्षीय युवा भित्रिएको पुष्टि भएको छ ।

सोही नाकामाबाट कोरोना संक्रमित युवकसँगै आएका रुकुम पश्चिमका एक युवक भने अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कले गत १२ चैतमा नेपाल भित्रिएका नौ सय ९९ जनामध्ये मुसिकोट १ का २५ वर्षिय युवा पनि रहेको पुष्टि गरेको हो । तर, उक्त व्यक्ति अहिले जिल्लाका सरोकारावालाको सम्पर्कमा छैनन् ।

उनीसँगै नेपाल भित्रिएका कैलालीका एक युवामा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

नौ सय ९९ मध्ये एकजनामा कोरोनाको संक्रमण पुष्टि भइसकेकोले उक्त दिन आएका अन्य व्यक्तिमा पनि कोरोनाको संक्रमण हुन सक्ने आशंका गरिएको छ ।

मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काका अनुसार सो युवाको खोजी शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्