अचानक बेहोस भएपछि नेपाल आइडल बुद्ध लामा नर्भिक अस्पताल भर्ना



काठमाडौं । नेपाल आइडल सीजन-१ का विजेता बुद्ध लामा अस्पताल भर्ना भएका छन् । अचानक बेहोस भएपछि लामालाई तुरुन्तै नर्भिक अस्पताल भर्ना गरिएको हो । 

उनलार्इ सोमबार बिहानैदेखि सामान्य ज्वरो आएकाे थियाे तर उनी नयाँ गीत रेकर्डिङका लागि कृपा डिजिटल स्टुडियो पुगेका थिए । गीत रेकर्डिङ् गरिरहेका  ज्वरो बढेपछि रेकर्डिङ छोडेर आराम गर्न भन्दै घर गएका उनी आगँनमा पुगेलगत्तै बेहोस भएका हुन् । 

 

चिकित्सकहरुले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्