भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नाघ्यो, संक्रमित कति?



एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बढि रहेको छ। यो समाचार तयार पार्दासम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ । त्यस्तै देशभर भाइरसबाट संक्रमति हुनेहरुको संख्या ४ हजार ६७ पुगेको छ भने २ सय ९१ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ६९ हजार ५०३ सय पुगेको छ भने १३ लाखको हाराहारीमा संक्रमित भएका छन् ।

विश्वमा अहिले सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् भने इटाली, स्पेन, फ्रान्स, जर्मनी लगायतका मुलुकमा पनि संक्रमित हुनेहरुको संख्या अत्याधिक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्