अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु



अर्घाखाँची : सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ ।

एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनको आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए ।

उनका तीन छोरी रहेका छन् । हाल उनको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उहाँकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्