कोरोनाबाट लिबियाका पूर्वप्रधानमन्त्रीको मृत्यु



त्रिपोली : कोरोना भाइरसको संक्रमणबाट लिबियाका पूर्वप्रधानमन्त्री महोमद जिब्रिलको मृत्यु भएको छ । उनको इजिपिको अस्पतालमा आइतबार मृत्यु भएको हो । जिब्रिलको राजनीतिक दल नेसनल फोर्स एलाइन्सले उनलाई २६ मार्चमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको थियो ।

जिब्रिलले विद्रोही राष्ट्रिय संक्रमणकालीन परिषद्‍बाट सन् २०११ को अक्टोबरसम्म प्रधानमन्त्री भएका थिए । सन् २०१२ मा उनको पार्टीले बहुमतसहित विजय भएपछि उनी प्रधानमन्त्री भएका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्