र्‍यापर राजन र सरकारका र्‍याप गीत ‘कठै मेरो देश’ सार्वजनिक



काठमाडौं– र्‍यापर राजन केसी र र्‍यापर सरकारको नयाँ र्‍याप गीत ‘कठै मेरो देश’को म्युजिक भिडियो सार्वजनिक भएको छ । र्‍यापमा नेताको अनेक रूप हुन्छ भनी व्यङ्ग्य गरिएको छ ।

र्‍याप मार्फत वर्तमान समयको राजनीतिक बेथिति र सामाजिक संरचनाबारे रचनात्मक व्यङ्ग्य गरिएको छ ।

पोखरा सेरोफेरोमा खिचिएको यस गीतको भिडियोको यापर राजन र सुरज श्रेष्ठ, निकिता खड्की फिचर्ड छन् । सौरव लामिछानेले सम्पादन गरेको भिडियो रैला प्रोडक्सनले छायाङ्कन गरेको हो । भिडियो सौरब लामिछानेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्