सलमान र अभिषेकलाई भन्दा पहिले यी व्यक्तिलाई प्रेम गर्थिन् ऐश्वर्या



एजेन्सी : बलिउडकी चर्चित अभिनेत्री र बच्चन परिवारकी बुहारी जसको सुन्दरताले दुनियाँमा चर्चा पाएको छ । उनी हुन् ऐश्वर्या राय बच्चन ।

उनले बलिउडमा आफ्नो स्थान बनाउन धेरै मेहेनत गर्नुपरेको थियो । जहाँ उनले धेरै नै समस्याको सामना गर्नुपरेको थियो । तर उनी बलिउडमा ‘एन्ट्री’ गर्ने वित्तिकै उनको सम्बन्धलाई लिएर निकै चर्चा गरिएको थियो ।

ऐश्वर्या रायको विहेभन्दा पहिले सलमान खानसँग गहिरो प्रेम रहेको थियो । उनीहरुको प्रेमसम्बन्धलाई लिएर आजपनि उत्तिकै चर्चा पाइरहेको पाइन्छ ।

तर कम मानिसलाई मात्र थाहा छ कि ऐश्वर्याको बलिउडको शुरुवातमा चर्चित मोडेल राजीव मुलचन्दानीसँग प्रेममा परेकी थिइन् । तर सन् १९९४ मा ऐश्वर्या विश्व सुन्दरी भएपछि उनलाई थुप्रै फिल्म आउन थाले ।

ऐश्वर्या पनि मोडेलिङभन्दा धेरै फिल्ममा काम गर्नको लागि उत्साहित थिइन् । तर उनलाई राजीवले छोडिदिए जसलाई ऐश्वर्या धेरै नै माया गर्थिन् ।

प्रतिक्रिया दिनुहोस्