२६ नर्स र ३ जना डाक्टरमा कोरोना भाइरसको संक्रमण



एजेन्सी : भारतको मुम्बईमा एक अस्पताल नै कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ ।

सोमबार दिउँसोसम्म वोखार्ड अस्पतालका २६ नर्स र ३ जना डाक्टरमा कोरोना भाइरसको पुष्टि भएको छ । नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान र भित्र आउन बन्द गरिदिएको छ ।

बृहतमुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कसरी कोरोना फैलिए भनेर अनुसन्धान गर्न समिति बनाएको छ । मार्च २७ मा हृदयघात भएर आएका एक जना ७० वर्षिय वृद्धबाट कोरोना भाइरस फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

ती वृद्धलाई परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनको उपचारमा संलग्न दुई नर्सलाई पछि कोरोना पुष्टि भएको थियो । संक्रमण देखिएका २ जना डाक्टरलाई बाहिरका अस्पतालमा भर्ना गरिएको छ । पछिल्लो समय महाराष्ट्र कोरोना संक्रमितको संख्या ७४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्